गोलधाप ।
झापाको हल्दिबारी गाउँपालिका वडा नं.१ ले कृषकलाई दुईदिने अर्गानिक कृषि बाली सम्बधित तालिम सञ्चालन गरेको छ।गाउँपालिका वडा नं.१ को कार्यालयको सभाहलमा आइतवार (आज) बाट तालिम सुरु भएको हो ।
तालिममा वडा भित्र रहेका सम्पूर्ण क्रियाशिल कृषक समूह तथा सहकारीमा आवद्व भएका अगुवा कृषकहरूबाट प्रतिनिधित्व मूलक तरिकाले प्रत्येक समूह र संस्थाबाट दुई जनाको दरले सहभागी गराईएको छ।
तालिममा ५५ जनाको सहभागीता रहेको छ भने तालिमको प्रशिक्षकमा डिल्ली खतिवडा र रमेश भट्टराई रहेका छन् । तालिममा अर्गानिक मल,अर्गानिक औंषधि, माटो कसरी उर्भर बनाउने माटोलाई रसायनिक मल रहित खेतीपाती कसरी गर्ने लगाएको तरिका प्रबिधिमा मौखित तथा प्रयोगात्मक रूपमा समेत ज्ञान दिने जनाइएको छ।
तालिममा वडा कार्यालयको २५ हजार रूपैयाँको बजेटमा कृषकलाई उपयोगी र महत्वपूर्ण तालिमलाई ब्यवहारमा लागू गर्नु अत्यन्तै आबश्यक र स्वास्थ्य तथा वातावरणका लागिसमेत अत्यन्तै महत्त्वपूर्ण हुने हल्दिबारी १ का वडा अध्यक्ष त्रिलोचन सापकोटाले बताए। तालिम भोलि सम्मपन्न हुनेछ ।