जलथल ।
कल्याण बचत तथा ऋण सहकारी संस्था हल्दिबारी –३ को १० औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले शनिवार ढडुवा स्थित त्रियुगेश्वर शिव मन्दिरमा साधारणसभा सम्पन्न गरेको हो ।
आर्थिक बर्ष २०७७÷०७८ सम्ममा ८ सय ५५ जना शेयर सदस्य रहेको संस्थाको कुल शेयर रकम ३१ लाख ७६ हजार ३०० रहेको छ भने खुद नाफा ४ लाख ३२ हजार १०४ रुपैयाँ २५ पैसा रहेको अध्यक्ष नगेन्द्र आङ्वोंले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाका अध्यक्ष आङ्वोंको अध्यक्षतामा भएको कार्यक्रममा हल्दिबारी –३ का वडा अध्यक्ष रोषन शिबाकोटीको प्रमुख आतिथ्य रहेको थियो । संस्थाका उपाध्यक्ष डिल्लीराम ढुङ्गेलले स्वागत गरेको कार्यक्रममा कोषाध्यक्षको प्रतिबेदन बिण्णुप्रसाद ओली र लेखा समितिको प्रतिबेदन रमेश भण्डारीले प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन सचिव बोधकृष्ण पौडेलले गरेका थिए ।
कार्यक्रममा उत्कृष्ट ऋणितर्फ निर्मला आचार्य उत्कृष्ट बचतकर्तातफए संगित मेचे र उत्कृष्ट बाल बचत कर्तामा आरध्या दाहाललाई सम्मान समेत गरिएको थियो । साथै उत्कृष्ट कर्मचारीतर्फ लक्ष्मी कार्कीलाई नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ। संस्थाका १५ जना बृद्व आमा बुवाहरूलाई दोसल्ला ओडाएर सम्मान समेत गरिएको थियो। संस्थाले साधारणसभामा उपस्थिति भएका सदस्यहरूलाई अर्गानिक बेसार र अर्गानिक मसलाको ढुट्टो निःशुल्क वितरण गरेको संस्थाका सचिब बोधकृष्ण पौडेलले जानकारी दिए।