धनुषकोटी ।
झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको प्रथम बहुउद्देश्यीय सहकारी संस्थाले आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले आफ्नो नवौं वार्षिक साधारणसभा झापाको पर्यटकीयस्थल धनुषकोटीमा शनिबार सम्पन्न गरेको छ ।
‘सहकारी ः गरिबी निवारणको प्रमुख आधार, प्रथमसँगै समृद्धि’ भन्ने नाराका साथ वनभोजसहित आयोजना गरिएको साधारणसभाको उद्घाटन झापा क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य लालप्रसाद साँवाले गरेका थिए ।
संस्थाको शिक्षा उपसमितिका संयोजक फणिन्द्र दाहालले सञ्चालन र उपाध्यक्ष चेतनाथ उप्रेतीले स्वागत गरेको उद्घाटन समारोहमा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष टिकाराम पाण्डेले विश्वव्यापी महामारी कोभिड–१९ को संकटका बाबजुत आर्थिक वर्ष २०७७÷०७८ मा संस्थाले ३६ लाख ८६ हजार रुपैयाँ मुनाफा गरेको जानकारी दिए ।
प्रतिवेदन अनुसार आ. व. ०७७÷०७८ को असार मसान्तसम्मान संस्थामा ११७९८ जना शेयर सदस्य पुगेका छन् भने शेयरपूँजी ३ करोड सात लाख ११ हजार आठ सय पुगेको छ ।
समारोहमा प्रमुख अतिथि साावाले शुभकामना मन्तव्य राख्दै सहकारी समृद्धका संवाहक भएकोले उत्पादनसँग जोडिनुपर्ने बताए । कृषि, उद्योग–व्यवसाय क्षेत्रमा सहकारीहरुले लगानी बढाउनुपर्नेमा साँसद साँवाको जोड थियो ।