दानाबारी । 

झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको दानावारी सेवा केन्द्रले दुईदिने बंगुर पालन तथा ब्यवस्थापन तालिम दिएको छ । 

दानाबारी सेवा केन्दको आयोजनामा माई नगरपालिका–४ स्थित नमुना सामुदायिक वनको सभाहलमा बंगुर पालक कृषकलाई दुईदिने तालिम प्रदान गरिएको हो । शुक्रवारदेखि सुरु भएको तालिम आज (शनिवार) सम्पन्न भएको सेवा केन्द्र प्रमुख त्रिलोचन तिम्सिनाले जानकारी दिए ।  

सहारा नेपालका कृषि युनिटका डा. कम्लेश्वर भाटले सहजीकरण गरेकोे तालिममा सेवा केन्द्रका विभिन्न समुहका वंगुर पालक उद्यमी ३५ जना सदस्यको सहभागिता रहेको सेवा केन्द्र प्रमुख तिम्सिनाले बताए । 

 तालीममा परम्परागत ढंगवाट आजका दिनसम्म पालिदै आएका वंगुरले सोचे जस्तो आम्दानी गर्न नसकिएको अवस्थामा सहारा नेपाल साकोसले दिएको तालीमवाट ठुलो उपलब्धी हुने सहभागीले बताए । 

सेवा केन्द्रवाट अब स्थानीय तहले किसान समक्ष पुर्याउने सुविधामा सहजिकरण गर्ने उदेश्यले वाख्रा, बंगुुर, कुखुरा पालन तथा कृषि उद्यमी किसानको छुट्टै कृषक समूह वनाई अघि वढने योजना रहेको  शाखा प्रमुख त्रिलोचन तिम्सनाले वताए । कृषिमा पेशाका लागि सेवा केन्द्रको तर्फवाट सदस्यलाई वित्तीय आवश्यकता पुरा गर्ने वताइएको छ । 

सेवा केन्द्रका कर्मचारी अम्बर लिम्बुले सञ्चालन गरेको कार्यक्रममा सेवा केन्द्रका कर्मचारी सिताराम कोईराला, कृषि प्राविधिक प्रविन कोईरालाको समेत सहभागिता रहेको थियो ।

सोही कार्यक्रमकाबीच तालिममा सहभागीलाई संस्थाका तर्फवाट निःशुल्क पशुका लागि केही मात्रामा नाम्ले र जुकाको औषधी समेत वितरण गरीएको थियो ।