मेचीनगर।

झापाको मेचीनगरस्थित  श्रेय–शृजना महिला बचत सहकारी संस्थाले सात जनालाई सम्मान गरेको छ । सस्थाको दशौ बार्षिक साधारण सभाको अवसरमा दुई जना उत्कृष्ट बचतकर्ता, दुईजना जेष्ठ नागरिक र कम्प्युटर प्रशिक्षकलाई सम्मान गरेको हो ।

 उत्कृष्ट बचतकर्ता प्राची सुवेदी र पुजा गौतम, उत्कृष्ट ऋणी गंगा प्रसाई, जेष्ठ नागरिक जितकुमारी श्रेष्ठ र  कुमारी राजबसी तथा सुनिल खड्का र प्रयुस सुवेदीलाई सम्मान गरेको हो।

कार्यक्रममा अध्यक्ष कृष्णकुमारी सुबेदीले आर्थिक बर्ष २०६७÷०७७ मा ५ लाख बढी नाफाबढी नाफा गरेको र १६ लाखबढी नाफा गर्ने लक्ष लिएको नीति–कार्यक्रम प्रस्तुत गरेकी थिइन् । उनले शेयर सदस्यको संख्या वृद्धि गरि शेयरपूंजी बढाउने र महिलाको स्वास्थ्य तथा चौतर्फी  समाजिक बिकासमा कटिबद्ध हुने योजना रहेको बताइन् ।  उनले केही दिनमै जुत्ता उत्पादनको प्रशिक्षण दिई स्थानीय शेयर सदस्यमहिलालाई रोजगारी दिनेलगायतका कार्यक्रम तय गरिएको उद्घोष गरिन् ।

प्रमुख अतिथी राष्ट्रिय सहकारी बिकास बैंक धुलाबारीकी अध्यक्ष मुना घिमिरेले बिशुद्द महिलको सहकारी भएकाले आवश्यक परे बैंकले सक्दो सहयोग प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा समाजसेबी नरेन्द्रप्रसाद घिमिरे,नगर परिसर सदस्य शुरेस बुढाथोकी , बिश्व थापा, होमनाथ सुवेदी

जीवन प्रसाईं, प्रकाश उप्रेती, निरन गौतम, भवानी मिश्रलगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा पार्वता सुबेदीले स्वागत तथा  हरिमाया बरालले सञ्चालन गरेकि थिइन् ।