बिर्तामोड ।
गौरवशाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–५ को १२ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले शनिवार बिर्तामोडस्थित बिर्ताबजारको साधारणसभा सम्पन्न गरेको हो ।
आर्थिक बर्ष २०७७/०७८ सम्ममा एकहजार ६ सय १७ जना शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी एक करोड २ लाख ९९ हजार ९ सय ९५ रुपैयाँ ३१ पैसा रहेको अध्यक्ष लवकुमार चौधरीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
यस आर्थिक बर्ष निक्षेप संकलन ९ करोड ८० लाख ९६ हजार ५६५, ऋण लगानी४ करोड २५ लाख ७ हजार ७२८, खुद नाफा ११ लाख १७ हजार २२० रुपैयाँ ९ पैसा रहेको अध्यक्षको प्रतिवेदनमा छ ।
संस्थाका अध्यक्ष लवकुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सभासद डिल्लीप्रसाद सिटौलाको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संस्थाका उपाध्यक्ष युवराज बिमलीले गरेको कार्यक्रमको सञ्चालन सचिव मिरा कार्की खड्काले गरेकी थिइन् ।
कार्यक्रममा उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता बिमली खरेल, समाजसेवी विनोद बस्नेत, तुलाराम पुरी, सजेश शिवाकोटीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सामाजिक ब्यक्तित्व, उत्कृष्ट ऋणि, कर्मचारी, उत्तकृष्ट बचतकर्तालाई सम्मान समेत गरिएको थियो । साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।