• उद्धव पुरी 

चारपाने । 

बालकल्याण आवसीय माध्यमिक बिद्यालयका एसएलसी २० औं ब्याचका बिद्यार्थीले बिद्यालयका शिक्षक तथा गुरुहरुलाई अभिनन्दन तथा सम्मान गरेका छन् । 

‘गुरु तथा बिद्या मन्दिरको सम्मान, बालकल्याण २० औं ब्याचको पहिचान’ भन्ने मुल नाराका बिद्यालय परिसरमै २०७० सालको एसएलसी परिक्षाबाट उत्तिर्ण हुने बिद्यार्थीहरुले गुरु तथा शिक्षकलाई अभिन्दन तथा सम्मान गरेका हुन् । 

बालकल्याण २० औं ब्याच बिद्यार्थी परिवारले शनिवार चारपानेस्थित बालकल्याण बिद्यालयका संस्थापक प्रिन्सिपल तथा शिक्षासेवी रामप्रसाद सिटौला र उनकी धर्मपत्नी देवी सिटौलालाई अभिनन्दन गरेका हुन् । 

त्यसैगरी शिक्षक तथा शिक्षिकाहरु स्व. हरिप्रसाद भट्टराईका छोरा देवीप्रसाद भट्टराई, तुलसीराम उप्रेती, टिका उप्रेती, बिष्णुमाया भट्टराई, दुर्गा ओली, उपेन्द्र ओली, नरपति प्रसाई, कमलमणि न्यौपाने, विद्यान लुईटेल, प्रविण सिटौला, नितु खवास, मिना भट्टराई, मोहन मुखिया, नवराज सिटौला, शान्तिराम नेपाल, बलराम शाह, प्रिति सिटौला, गणेश प्रधान, मुना खड्का र अम्बिका सापकोटालाई सम्मान गरेका छन् । त्यस्तै बिद्यालयका कर्मचारी गौरव भेट्वाल, चुडामणि अधिकारी, राजकुमार गोश्वामी, पुरुषोत्तम पौडेल, रोहन थापामगर र इन्द्रकुमारी थापामगरलाई समेत सम्मान गरेका छन् । 

बिबिध साङ्गेतिक कार्यक्रमसहित शिक्षक तथा शिक्षिकालाई अभिनन्दन तथा सम्मान गरिएको थियो भने अभिभावकलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा गुरुहरुको सम्मान, अभिनन्दन तथा श्रष्टा सहयोग गरिएको थियो । 

सोही कार्यक्रमका वीच झापा नाटकघर निर्माणका लागि ११ हजार एकसय ११ रुपैयाँ र सारेगमप लिटल च्याम्पस् नेपालको उत्कृष्ट आठौं स्थानमा पुग्न सफल झापा बिर्तामोड–२ की १४ बर्षिया कृपा पौडेललाई सम्मान तथा भोटिङका लागि ५ हजार एकसय रुपैयाँ समेत प्रदान गरिएको थियो ।   

बालकल्याण २० औं ब्याच बिद्यार्थी परिवारका संयोजक इन्जिनियर समिन खतिवडाको अध्यक्षतामा भएको कार्यक्रम बिर्तामोड नगरपालिका खेलकूद शाखा प्रमुख तिलचन भण्डारीको प्रमुख आतिथ्य रहेको थियो । आयोजक परिवारकी सदस्य मन्दिरा रिजालले स्वागत गरेको कार्यक्रमको औचित्यमाथि प्रकाश बिद्यालयका प्रिन्सिपल तुलसीराम उप्रेतीले पारेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।