काठमाडौं ।
२०२२ को सुरुवातसँगै यूएई सरकारले शुक्रबार आधा दिन, शनिबार र आइतबार भने पूरा दिन बिदाको घोषणा गरेको छ । अब यूएईमा हप्तामा चार दिन पूरा र एक दिन आधा काम हुनेछ । सन् २०२२ को सुरुवातसँगै यूएईका सरकारी कार्यालय र स्कुलहरूमा यो नियम लागू भइसकेको छ ।
तर यूएईको सार जहाँ राज्यले भने शुक्रबार पनि पूरा दिन नै बिदा दिने निर्णय गरेको छ । सार जहाँमा यो नियम सरकारी कर्मचारी र विद्यार्थीहरूका लागि लागू हुनेछ ।
अन्य राज्यमा भने शुक्रबार बिहान ७ बजेर ३० मिनेटमा कार्य समय सुरु हुने छ भने दिउँसो १२ बजे सकिने छ । यूएईका कतिपय निजी कम्पनीले भने शुक्रबार आधा दिनको बिदा नदिई शनिबार र आइतबार पूरा बिदा दिने गर्न थालेका छन् ।
कम्पनीहरूले मध्यदिनमा विश्रामको समय दिने र त्यो समयमा कामदारले प्रार्थना सहभागी हुन सक्ने बताएका छन् । यूएई सरकारले यसबाट श्रमिकलाई राम्रो कार्य जीवन दिने र उत्पादकत्व बढाउने विश्वास लिएको छ ।