बिर्तामोड ।
बिर्तामोड नगरपालिकाले १८ बर्ष भन्दा माथि उमेर समुहका सवैलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले पुस २५ देखि २७ गतेसम्म खोप लगाउने भएको हो ।
नगरका स्वास्थ्य संयोजक तुलसीप्रसाद पोखरेलले नगरवासीलाई तोकिएको स्थानमा उपस्थित हुन सार्वजनिक सूचना गर्दै कोरोना भाइरसको जोनसोन खोप लगाउन आग्रह गरेका छन् ।
उनले उमेर खुल्ले कागजात लिएर हालसम्म कुनै खोप नलगाएकाले आ–आफ्नो वडा कार्यालयले तोकेको स्थानमा उपस्थित हुन सवैलाई आग्रह गरेका हुन् । नगरका १० वटै वडामा खोप लगाइने उनले बताएका छन् । विहान १० बजेदेखि वेलुका ४ बजेसम्म सवै वडामा खोप लगाइने संयोजक पोखरेलले बताए ।
संयोजक पोखरेलले जुनसुकै ठाउँमा बसोबास भएपनि जहाँ जसलाई पायक पर्छ उमेर खुल्लने कागजात लिएर आए खोप लगाईने बताए ।
वडा तथा स्थानसहित