कचनाकवल । 

झापाको सुदूर दक्षिणी कचनकवल गाउँपालिकाको पथरियामा बिहीबार हाडजोर्नी तथा नसा रोगसम्बन्धी बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

दुरदराजका विपन्न समुदाय तथा मजदूरहरुलाई लक्षित गरेर काठमाडौंस्थित नेपाल अर्थोपेडिक अस्पतालको आयोजना एवम् रोटरी क्लव अफ भद्रपुर, इनरह्विल क्लव अफ भद्रपुर, रोट्रयाक्ट क्लव अफ भद्रपुर, इन्ट्रयाक्ट क्लव अफ भद्रपुर र नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्र झापाको व्यवस्थापनमा कचनकवल २ नं वडा कार्यालय परिसरमा आयोजित शिविरमा नेपाल अर्थोपेडिक अस्पतालका मेडिकल डाइरेक्टर वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. युवराज खरेलको नेतृत्वमा रहेको चिकित्सकयि टोलीले बिरामीको चेकजाँज गरेको थियो ।

शिविरमा बचनकवलका दूरदराजबाट बृद्धबृद्धा, विपन्न परिवार र मजदुरहरु उल्लेख्य मात्रामा सेवा लिन आएको रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष विगत ओझाले जानकारी दिए ।

शिविरबाट पहिलो दिन चारसय बढीले सेवा लिएको र सोही शिविर शुक्रबार कचनकवलकै वडा नं ६ को बनियानीमा सञ्चालन हुने नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्रका केन्द्रीय अध्यक्ष धनजुजु श्रेष्ठले जानकारी दिए । शिविरमा झण्डै चार लाख रुपैयाँबराबरको औषधि पनि निःशुल्क वितरण गरिएको जानकारी बताइएको छ ।