हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिका भित्रका १८ बर्ष माथिका उमेर समूहका ब्यक्तिको लागि कोरोना विरुद्धको भेरोसिलको पहिलो मात्रा अगाउने आज र भोली शुक्रबारसम्म मात्र रहेको  छ ।

खोप लगाउन छुटेकाका लागि आज बिहान १०ः३० देखि हल्दिबारीका पायक पर्ने स्थानमा गई भेरोसिलको पहिलो मात्रा लगाउनका लागि हल्दिबारी वडा नं–१ को  गोलधाप स्वास्थ चौकि, हल्दिबारी २ को हल्दिबारी स्वास्थ्य चौकि र हल्दिबारी ४ बडाबारीमा रहेको जलथल स्वास्थ चौकीमा  खोप लगाउन आग्रह गरिएको छ ।

 हल्दिबारीमा सबैले खोपको मात्रा लगाई सुरक्षित रहन स्वास्थ्य शाखा प्रमुख पुस्कर निरौलाका आग्रह  छन्। खोप लगाउन आउँदा अनिवार्य रूपमा  माक्स प्रयोग गर्न साथै स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्न समेत आग्रह गरिएको छ ।