भद्रपुर ।  

कलवलगुरी कृषि सहकारी संस्थाको पन्ध्रौं वार्षिक साधारणसभा संस्था सम्पन्न भएको छ। संस्थाका अध्यक्ष  छबिलाल सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख  जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो ।

स्वागत संस्थाका उपाध्यक्ष  नारायण चौलागाईले गरेको कार्यक्रममा भद्रपुर –१० का वडाध्यक्ष टेकबहादुर खड्का (काजी), झापा जिल्ला सहकारी संघका प्रतिनिधि पूर्व लेखा संयोजक भलाकाजी कठेतको विशेष आतिथ्य रहेको थियो ।

कार्यक्रममा  सृजनात्मक कृषि सहकारीका अध्यक्ष बिष्णुप्रसाद काफ्ले, ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारीका उपाध्यक्ष लता खरेल, राष्ट्रसेवक सहकारी संस्थाका सह–सचिव सीता गुरागाई, लेखापढी बचत तथा ऋण सहकारीका सञ्चालक गोविन्द थापा , दुर्गा माता उपासना समितिका अध्यक्ष मणिराम न्यौपाने, चन्द्रगढी खानेपानी तथा सरसफार्इ उपभोक्ता समितिका अध्यक्ष  पुरुषोत्तम अधिकारी, शान्ति कृषक बहुमुखी सहकारीका अध्यक्ष देवी दाहाललगायतको उपस्थिति रहेको थियो ।  

संस्थाले आर्थिक बर्ष २०७७–७८ मा आम्दानी ४२ लाख २३ हजार ११७  र कुल सञ्चालन खर्च  ३७ लाख ४३ हजार ४८९ रुपैयाँ गरी ४ लाख ७९ हजार ६२८ रुपैयाँ नाफा गर्न सफल भएको छ। यसैगरी साधारणसभामा जेष्ठ सदस्य होमनाथ दाहाल र ठुमा राजवंशीलाई सम्मान गरिएको छ भने  उत्कृष्ट बचतकर्ता बिना लम्साल भट्टराई र कर्जा तर्फ उत्कृष्ट सन्तोष राईलाई लगायत  कक्षा १२ मा उत्कृष्ट अंक ल्याई उतिर्ण हुने सन्तति पुरस्कारमा भिसजा खतिवडा र आयुष न्यौपानेलाई समेत पुरस्कृत गरिएको थियो ।

उक्त साधारणसभाबाट नारायणप्रसाद चौलागाईको अध्यक्षतामा नयाँ संचालक समिति र हरिप्रसाद गौतमको संयोजकत्वमा लेखा सुपरीवेक्षण समितिको समेत सर्वसम्मत रुपमा चयन गरेको छ । कार्यक्रमको सञ्चालन कल्पना नेपालले गरेकी संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार भीम दाहालले जानकारी दिए ।