बुधबारे ।
बरपीपल बचत तथा ऋण सहकारी सस्था बुद्धशान्तिको १५ औं बार्षिक साधारण सभाबाट सर्बसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको छ । साधारणसभाले नयाँ कार्यसमिति र लेखा समितिलाई विहिबार एक कार्यक्रमको आयोजना गरि सपथ ग्रहणसहित पद हस्तान्तरण गरेको हो।
नयाँ समितिको अध्यक्षमा छत्रबहादुर कार्की, उपाध्यक्षमा अनिल वाग्ले, सदस्यहरुमा रबिचन्द्र खनाल, देबेन्द्र निरौला, भवानी शंकर उप्रेती, युवराज खतिवडा, मिना सापकोटा तिम्सिना, कुमारी प्रधान र गिता भट्टराई चयन भएका छन् । त्यस्तै लेखा समितिको संयोजकमा सन्तोष कुमार वाग्ले, सदस्यमा श्यामप्रसाद कट्टेल र उमेश भट्टराई चयन भएका छन् ।
संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सपथ ग्रहणपछि भएको शुभकामना मन्तव्य निबर्तमान अध्यक्ष पौडेल, निर्वाचन समिति संयोजक पदमकुमार थापा र प्रतिबद्धता मन्तव्य अध्यक्ष कार्की र लेखा संयोजक वाग्लेले राखेका थिए । कार्यक्रमको संचालन निर्वाचन समिति सदस्य राजेन्द्र भट्टराईले गरेका थिए ।