हल्दिबारी ।
हल्दिबारी गाउँपालिकामा आजदेखि कोभिड– १९ बिरूद्वको भेरोसेल खोप लगाउन सुरु भएको छ। यसअघि कुनै पनि कोभिड १९ विरूद्वको खोप नलगाएका १८ वर्ष माथिका सबै नागरिकहरूको लागि खोप अभियान सुरु भएको हो ।
हल्दिबारी १ गोलधापको साबिक गोलधाप गाविस वडा न १ र २ का लागि १४ गते ,साबिक वडा नं.३र४ का लागि १६गते ,साबिक वडा नं. ५ र ६का लागि १८गते ,साबिक वडा नं.७ र ८का १९गते,साबिक वडा नं. ९ र छुट भएका सबैलाई गोलधाप स्वास्थ्य चौकिमा खोप लगाउने दिन तोकिएको छ।
हल्दिबारी वडा नं. २ हल्दिबारीको साबिक हल्दिबारी गाविस वडा न १, ३ र ४ का लागि १४ र १६ गते सरस्वती आधारभूत विद्यालय पाराखोपीमा साबिक वडा नं. ७ र ८ का लागि १८ गते शम्भुचौक गाउँघर किल्निकमा, साबिक वडा नं. २ र ९ का लागि १९ र २० गते पुरानो स्वास्थ्य चौकी भवनमा, साबिक वडा नं. ५ र ६ तथा छुट भएका सबैलाई २१, २२ र २३ गते हल्दिबारी स्वास्थ्य चौकीमा खोप गाउँपालिका अध्यक्ष रबिन्द्र लिङ्देनलले जानकारी दिए ।
हल्दिबारी वडा नं.३ जलथलका लागि साबिक जलथल गाविस वडा नं.१ का लागि १४ गते, साबिक वडा नं. २ का लागि १६ गते, साबिक वडा नं.३ का लागि १८ गते, वडा नं. ४ र छुट भएका सबैका लागि १९ गते आधारभूत स्वास्थ्य केन्द्र नयाँ वडा कार्यालयसँगैको भवनमा लगाइने प्रशासन प्रमुख तथा सूचना अधिकारी राजन न्यौपानेले बताएका छन् ।
हल्दिबारी ४ जलथलका लागि साबिक वडा नं.५, ६ र ७ का लागि १९, २० र २१ गते जलथल स्वास्थ्य चौकीमा र हल्दिबारी वडा नं. ५ जलथलका लागि १४ गते साबिक वडा नं. ८ कालाई १४ गते साबिक वडा नं.९ १६ गते र छुट भएका सवैलाई १८ गते आधारभूत स्वास्थ्य चौकि कञ्चनश्रीमा लगाईने जनाइएको छ ।
खोप लाउन आउनेले १८ वर्ष भन्दा माथिका उमेर नागरिकता प्रमाणपत्र तथा अन्य कुनै उमेर खुल्ने कागजातसहित स्वास्थ मापदण्ड अपनाएर आउनु पर्ने स्वास्थ शाखाले जनाएको छ ।