बिर्तामोड। 

झापा बिर्तामोडको बीएण्डसीमा पहिलो पटक कालोढुसीको सफल उपचार भएको छ ।  इलाम–७ की ४५ वर्षीया पोष्ट कोभिडकी विरामी गीता सुवेदीको कालोढुसीको सफल उपचार भएको अस्पतालले पत्रकार भेटघाट गरी जानकारी दिएको हो । 

अस्पतालका डाक्टरहरु राजु श्रेष्ठ, लक्ष्मण ठाकुर, स्वास्थ्यकर्मी गंगा अधिकारीको टिमले विरामी गीताको १ सय ४३ दिनपछि सफल रुपमा उपचार गरेको जाइएको छ ।  ।

सुवेदीलाई गत साउन १९ गते सास र्फेन अप्ठेरो र धेरै खोकी लागेपछि  उपचारका लागि अस्पताल ल्याईएको अस्पतालका जन सम्पर्क अधिकारी प्रोमिश गिरीले जानकारी दिए ।  त्यहि दिन एन्टिजेन जाँच गर्दा कोरोना पोजेटिभ देखिएको र कोरोना पोजेटिभ देखिए पनि अक्सिजन कम, फोक्सोको समस्या र सुगर पनि नघटेपछि कोभिड निमोनिया (पोष्ट कोभिड) भएको डा श्रेष्ठले जानकारी दिए ।

१ सय १२ दिन आईसीयुमा राखेर उपचार गरेपछि मंसिर १४ गते जनरल वार्डमा सारिएको उनले बताए । ९९ दिन त भेन्टिलेटरमा राखेर सुवेदीको उपचार गरिएको डाक्टरहरुले बताएका छन् ।