सुरुङ्गा । 

झापा बाह्रदशी—७ को पशुपति आधारभुत विद्यालयको शैक्षिक स्तर वृद्धिका लागि विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका सुरुङ्गाका एक  तिम्सिना परिवारले शैक्षिक सामाग्री सहयोग गरेका छन् ।

 वि.सं.२०२१ मा स्थापना भएको उक्त विद्यालयका संस्थापक सेक्रेटरी अभिनारायण तिम्सिनाका छोरा कनकाई—३, सुरुङ्गा निवासी नरप्रसाद र नाती प्रविण तिम्सिनाले  विद्यालयका लागि अत्यन्तै उपयोगी सामाग्री हस्तान्तरण भएको हो । विद्यालयमा आयोजित  एक संक्षिप्त कार्यक्रमका विच दाता परिवारका तर्फबाट नरप्रसाद र प्रविण तिम्सिनाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणप्रसाद तिम्सिना र प्रधानाध्यापक प्रेमप्रसाद भण्डारीलाई एकैसाथ सामाग्री हस्तान्तरण गरेका हुन् ।

 नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाका सभापति साथै विभिन्न सामाजिक संघसंस्थाको नेतृत्व तहमा रहेका युवा सामाजिक अभियन्ता प्रविण तिम्सिनाका साथमा बुबा नरप्रसाद तिम्सिनासहितका दाता परिवारका तर्फबाट विद्यालयलाई एक थान रंगिन प्रिन्टर र एक थान वाटर डिस्पेन्सर हस्तान्तरण गरेको बताइएको छ ।

विद्यालयका विद्यार्थी साथै शिक्षक शिक्षिकालाई आवश्यकता  अनुसारको चिसो तातो पिउने पानीका लागि वाटर डिस्पेन्सर अति उपयोगी हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणप्रसाद तिम्सिनाले बताए । दाताको सहयोगले विद्यालय परिवारलाई थप उत्साह जगाएको अध्यक्ष तिम्सिनाको ठहर छ ।