• राजु बराल 

 चन्द्रगढी ।

लेखापढी बचत तथा ऋण सहकारी सस्था चन्द्रगढीको ११ औं बार्षिक साधरणसभा सम्पन्न भएको छ । सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा सस्थाका जेष्ठ शेयर सदस्य डमरबहादुर कार्की, उत्कृष्ट बचतकर्ता खगेन्द्र तामाङ र उमेश रेग्मीका साथै उत्कृष्ट ऋणी सुगम सुवेदी र सुरज निरौलालार्इ सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गिरी, नेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश १ संयोजक युवराज कार्की, एसोसिएसनका भद्रपुर अध्यक्ष लोकनाथ भट्टराई, पूर्व अध्यक्ष रमेश पोखरेल, पुरुषोत्तम अधिकारी, प्रकाश एकता कृषि सहकारी अध्यक्ष गोपाल श्रेष्ठ र सिद्धान्त बचत तथा ऋण सहकारी अध्यक्ष देवी प्रधानले शुभकामना मन्तब्य रोखेका थिए । 

सस्थाका अध्यक्ष महेशकुमार भट्टराइको अध्यक्षता, सचिव दलबहादुर थापाको सञ्चालन र उपाध्यक्ष गोबिन्दकुमार बुढाथोकीले स्वागत गरेको कार्यक्रमको बन्द सत्रमा अध्यक्षको बार्षिक प्रतिबेदनका साथै आर्थिक प्रतिबेदन र लेखा प्रतिबेदन पारित गरिएको थियो ।