- सन्तोष न्यौपाने
झापा
झापाको सुरुङ्गा स्थित कन्काई बहुमुखी क्यामपसले समाजसेवी शेरबहादुर थापालाई सम्मान गरेको छ । क्यामपसको २३ औं स्थापना दिवस तथा १३ औं क्यामपस सभाको अवसरमा समाजसेवी थापालाई सम्मान गरिएको हो ।
कन्काई नगरपालिका ९ निवासी थापाले क्यामपसलाई बस खरिदका लागि आवश्यक रकम मध्ये ५० प्रतिशत रकम सहयोग गरेको भन्दै क्यामपसले उनको योगदानको मुल्याङ्कन गर्दै प्रशंसापत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको हो । उनलाई कार्यक्रमका प्रमुख अतिथि समाजसेवी तथा क्यामपसका सह–प्राध्यापक बुद्धदेवप्रसाद घिमिरे तथा क्यामपस सञ्चालक समिति अध्यक्ष प्रेमप्रसाद चुंडाल, क्यामपस सभाध्यक्ष प्रदेश सांसद हिरा थापा लगायतले प्रंशसापत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
उनले विद्यार्थीको आवात जावतमा सहजता पु¥याउन भन्दै बस खरिदकालागि ५ लाख २५ हजार रुपैंया सहयोग गरेका थिए ।
विपन्न विद्यार्थी अध्ययनरत सो क्यामपसका विद्यार्थीले आवात जावतमा लामो समयदेखि समस्या भोग्दै आएको नजिकबाट देखिपछि उनीहरुको सहजताका लागि बस खरिद गर्न क्यामपसलाई सहयोग गरेको सम्मानित समाजसेवी थापाले बताए ।
सम्मानित थापा निमार्ण व्यवसायी तथा कांग्रेसका लोकप्रिय नेता हुन् । उनले कोभिडको महामारीमा पनि विपन्न समुदायका नागरिकलाई खाद्ययन्न तथा औषधि उपचारमा सहयोग गरेका थिए । उनले कोभिड पोजेटिभ भई होम आइसोलेशनमा रहेका कन्काई नगर सहित जिल्लाका कोभिड पीडितलाई पोषिलो खानेकुरा घर घरमै पुगेर प्रदान गरेका थिए ।
त्यस्तै कार्यक्रममा बस खरिदमा सहयोग पु¥याउने सहयोगीदाता कन्काई निवासी राजनीतिक तथा समाजिक ब्यक्तित्व सन्तोष रायमाझी, तुलसी बिमली, तारा प्रसाई, रत्न श्रेष्ड, नारायण पोखरेल, मदन उप्रेती, सुरेन्द्र प्रधान दुर्गा उप्रेती, दुर्गा प्रसाई लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउमान थेवे, कनकाई नगरपालिकाका मेयर राजेन्द्र पोखरेल, कन्काई ४ का वडाध्यक्ष गाविन्द पौडेल सम्मानित थापा लगायतले शुभकामना मनतब्य राखेका थिए । कार्यक्रममा क्यामपस सञ्चाल समिति अध्यक्ष प्रकाश चुंडालले बार्षिक प्रतिवेदन पेश गरेको कार्यक्रममा क्यामपस प्रमुख विकास उप्रेतीले प्रशासनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । क्यामपस सञ्चालक समिति उपाध्यक्ष हरिभक्त सिटौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सह–प्रधानध्यापक शेरबहादुर बानिंयाले गरेका थिए ।