बिर्तामोड । 

पछिल्लो समय सामुदायिक बिद्यालयमा समुदाय र सरकारको सहयोग र ब्यवस्थापनमा युवा पुस्ताको सहभागीताले गुणस्तरमा वृद्धि हुँदै गएको छ ।  विद्यार्थीको सहजता र सुबिधालाई मध्यनजर गर्दै बिद्यालयमा टाढाबाट अध्ययनका लागि आउने बिद्यार्थी लागि  झापा बिर्तामोड–२ को वीर अमरसिंह बिद्यालयले गाडी खरिद गर्ने भएको हो । 

बिद्यालय ब्यबस्थापन समितिले २ वटा गाडी खरिद गर्ने निर्णय गरेको समितिका अध्यक्ष किशोर पौडेलले जानकारी दिए।  बिद्यार्थीहरु बिर्तामोड, कन्काई, अर्जुनधारा नगरपालिकाबाट प्राविधिक शिक्षा लिन आउने भएपछि बिद्यालयले गाडी किन्न लागेको प्रध्यानाध्यापक यदुनाथ अधिकारी जानकारी दिए। 

 टाढाबाट आउने विद्यार्थीलाई यातायातको समस्या भएकाले बिद्यालयले गाडी खरिद गर्न लागेको जनाइएको छ । बिद्यालयले आन्तरिक श्रोत र केही बाहिर श्रोत चन्दा दानबाट गाडी खरिद गर्न लागेको बताइएको छ । अध्यक्ष पौडेलले गाडी खरिदका लागि ५१ हजार १ सय ५१ रुपैयाँ सहयोग गर्ने घोषणा समेत गरेका छन् ।

नगरपालिका भित्र १८ वटा सामुदायिक, ५५ वटा निजि र २ वटा धार्मिक बिद्यालय स१चालनमा छन् । जसमध्ये ३ वटा बिद्यालयमा सरकारी तथा अन्य दातृ निकायको सहयोगमा गाडी संचालनमा छन् ।