बिर्तामोड ।
झापाको हल्दिबारि गाउँपालिका वडा नं.१ गोल्धापका अम्बरजीत ठाकुरको परिवारलार्इ महालक्ष्मी लाइफ इन्सुरेन्स कम्पनीले ७ लाख १४ हजार रुपैयाँ मृत्यु दावी रकम प्रदान गरेको छ ।
कम्पनीका उपक्षेत्रीय प्रबन्धक गुन्जन थापा, हल्दिबारि गाउँपालिका वडा नं. १ का अध्यक्ष त्रिलोचन सापकोटा, कर्णाली साकोसका अध्यक्ष टसबहादुर प्रधान, कम्पनिका अभिकर्ताहरु र स्थानिय बासीहरुको उपस्थितिमा मृतकको घरमै पुगेर दावी रकम भुक्तानी गरेको हो ।
मृत्यु दाबी रकम हस्तान्तरणका क्रममा उपक्षेत्रीय प्रबन्धक गुन्जन थापाले मृतक ठाकुरले महालक्ष्मी लाइफ इन्स्योरेन्समा ३ लाख पचास हजार रकमको बार्षिक धनफिर्ता बिमा योजनाको बिमित भएको र प्रथम किस्ता तिरेको केहि महिनामै ठाकुरको कोभिडका कारणले मृत्यु भएकाले यस योजना अन्तर्गत प्राकृतिक मृत्युमा पनि बिमाङ्कको दोब्बर रकम र बोनस रकमसहित ७ लाख १४ हजार रुपैयाँ प्रदान गरेको जानकारी दिए ।
त्यस्तै गाउपालिका वर्डा नं. १ का अध्यक्ष त्रिलोचन सापकोटाले दाबी भुक्तानिका क्रममा बिमा कम्पनीहरुले बिमा गराउन सजिलो मान्ने र दाबी भुक्तानिमा ढिलासुस्ति गर्ने भन्ने बुझाइ गलत भएको कुरा बताए । अध्यक्ष सापकोटाले मृतक ठाकुरकी श्रीमतीले दाबी प्राप्त गर्न कागजातमा केहि समस्या हुँदा पनि कम्पनीको कर्मचारिले राम्ररी सहजिकरण गरेको र यस योजनाले तुलनात्मक रुपमा अधिक जोखिम बहन गरेको बताए ।