झापा ।
श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रदेश न. १ झापाको समन्वयमा लागूऔषध तथा दुब्र्यसन बिरुद्धको एक दिने सचेतना कार्यक्रम भएको छ ।
जनकल्याण आधारभुत विद्यालय, महाभारा र बालकल्यान मा.वि. कुन्जिबारीका विद्यार्थीलाई लागूऔषध तथा दुब्र्यसन बिरुद्धको जनचेतना मुलक प्रशिक्षण प्रदान गरिएको हो ।
पछिल्लो समय युवा विद्यार्थीहरु साथीभाईहरुको संगतले लागूऔषध दुब्र्यसनमा फसिरहेको बताउंदै लागूऔषधबाट कसरी टाढा रहने, कसरी छुट्कारा पाउने, यसको बेफाईदा के हो लगायतका बिभिन्न चेतनाुमलक सहितको प्रशिक्षण विद्यार्थीलाई प्रदान गरिएको श्री कृष्ण प्रणामी युवा परिषद झापाका अध्यक्ष टहलदास ओलीले जानकारी दिए ।
प्रारम्भिक समिति महाभाराको आयोजनामा भएको उक्त कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई प्रशिक्षक ईन्द्रप्रसाद ओलीले प्रशिक्षण प्रदान गरेका थिए । महाभारा प्रा.स. अध्यक्ष रोहित घिमिरेको अध्यक्षातामा तथा सत्सङ्ग सेवा परिषद झापाका उपाध्यक्ष बिष्णु प्रसाईको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो ।
कार्यक्रमको बिशेष अतिथिमा युवा परिषद झापाका अध्यक्ष टहलदास ओली रहेका थिए । कार्यक्रममा युवा परिषद झापाका उपाध्यक्ष द्वोय सुरज सापकोटा र समर्पण खतिवडा, पुर्व जिल्ला सह–सचिव सि.पि. भट्टराई , सेवा समिति सदस्य युवराज खतिवडा, जिल्ला सदस्य राजन दाहाल, चारपाने प्रा.सका अध्यक्ष बासु पाण्डे, बैगुनधुरा प्रा.सका अध्यक्ष मनोज पराजुली र बाइजूराज जिल्ला सह–सचिव तुलसा तिम्सिना खतिवडा लगायत विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महाभारा प्रा.सका सचिव दिपक पोखरेलले गरेका थिए ।