झापा ।
झापाको बिर्तामोडमा निःशन्तान दम्पत्तिहरुलाई लक्षित गर्दै स्वास्थ्य शिविरको आयोजना गरिएको छ । प्रजनन् सम्बन्धी आधुनिक चिकित्सामा सर्वसाधारणको पहुँच पु¥याउन पुस १० गते शनिवार शिविरको आयोजना गरेको हो ।
शिविरमा वरिष्ठ प्रजनन् तथा स्त्रीरोग विशेषज्ञ डा. आकृति भारतीले सेवाग्राहीको स्वास्थ्य जाँच गर्दै प्रजनन् अवस्था सम्बन्धी जानकारी दिने र सम्भाबित उपचार विधिबारे जानकारी गराउने बताइएको छ । निःशन्तान दम्पत्तिको स्वास्थ्य जाँच पछि आईभीएफ नै गर्नुपर्ने भएमा समेत सेवा प्रदान गरिने बताइएको छ ।
डा भारती प्रजनन् विज्ञ भएकाले निःशन्तान दम्पत्तिलाई झापाबाटै सेवा लिन मिल्ने बताइएको छ । निःसन्तान सम्बन्धि संकुचित सोच, मिथ्या धारणा, कुण्ठा आदिका बारेमा रचनात्मक रुपमा जनचेतना फैलाउँदै झापासहित देशका विभिन्न शहर पोखरा, नेपालगंज र जनकपुरमा समेत शिविरको आयोजना गरिएको बताइएको छ ।
प्रजनन् उपचार विधिमा वात्सल्य नेचुरल आईभीएफले यस अघि आयोजना गरेका शिविरबाट आईभीएफ सफलता दर सत्तरी प्रतिशतसम्म हासिल गर्न सफल भएको वात्सल्य नेचुरलको तथ्याङ्कमा उल्लेख छ ।