खुदुनावारी ।
बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालले दुईसय तीनजाको निशुल्क स्वास्थ्य विमा गरेको छ । अस्पतालले सामाजिक उत्तरदायित्व अन्र्तगत अर्जुनधारा–१ र २ एक सय ३ जनाको निशुल्क बिमा गरेको हो ।
खुदुनाबारी स्थित कैदलेमा आयोजित कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले विमा कार्ड वितरण गरेका थिए ।
आर्थिक अभावका कारण सिटामलसम्म किनेर खान नसक्ने अवस्थाका अति विपन्न परिवारलाई सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य विमा गराई दिएको अस्पतालका जनसम्पर्क अधिकारी प्रोमिश गिरीले जानकारी दिए ।
यसअघि पनि सोही ठाउँमा एक सय परिवारको विमा गराई दिएको र छिमेकी जिल्ला इलामको माई नगरपालिका स्थित थाक्लेमा दुईसय परिवार गरि हाल सम्ममा ४ सय ३ जनाको विमा गरिएको छ । एक परिवारको ३५ सय रुपैयाँका दरले हाल सम्ममा १ करोड ४१ लाख ५ सय रुपियाँ विपन्न समुदायको लागि खर्च गरिएको गिरीले बताए ।
कार्यक्रममा अभियान नेपालका अध्यक्ष लोकमान श्रेष्ठ, संविधान सभा सदस्य प्रेम गिरी लगायतले अस्पतालले गरेको सामाजिक कार्यको प्रशंषा गरेका थिए । सो अबसरमा कार्यकारी निर्देशक प्रसाईंले स्थानिय शिवालय मन्दिरका लागि शिव र दुर्गाको मुर्ती उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।