बिर्तामोड ।
झापाको बिर्तामोड–४ को लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले २५ औ बार्षिक साधारणसभा बिर्तामोडमा सोमबार सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष लीलाबहादुर बस्नेतको अध्यक्षतामा भएको साधारणसभामा संस्थाका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष चन्द्रकुमार राजभण्डारीको प्रमुख आतिथ्य रहेको थियो ।
आर्थिक बर्ष २०७७÷०७८ असार मसान्तसम्म ३ हजार २ सय ११ जना शेयर सदस्य रहेको संस्थाको शयरपुँजी ३ करोड २६ लाख ३१ हजार ८ सय रुपैयाँ रहेको अध्यक्ष बस्नेतद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
संस्थाको कुल निक्षेप ३१ करोड २६ लाख ५८ हजार ३६८, कुल कर्जा ३३ करोड ७५ लाख ९ हजार ७०४, कुल आम्दानी ४ करोड ७५ लाख ६१ हजार ९३५, कुल खर्च ३ करोड ३९ लाख २१ हजार ९४९ रुपैयाँ रहेको प्रतिवेदनमा छ । त्यस्तै करअघिको नाफा १ करोड ३६ लाख ३९ हजार ९९५ रुपैयाँ गर्न सफल भएको छ ।
संस्थाले २०७७ मा एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल छात्रतर्फ इशान थापा मगर र छात्रातर्फ सलिना उप्रेतीलाई नगदसहित सम्मान गरेको छ । त्यस्तै उत्कृष्ट बचततर्फ पिङ्की अग्रवाल, दाताराम मैनाली, गंगामाया थापा, रञ्जना उप्रेती, नविन चौहान र पंकज पाठकलाई नगदसहित सम्मान गरेको छ भने उत्कृष्ट कर्जातर्फ रमेशकुमार खतिवडा, हेमकुमारी थापा, रितु दर्जी, रुद्र नेपाल, डम्बरकुमारी खवास र नन्दलाल चौधरीलाई समेत नगदसहित सम्मान गरेको छ ।
कार्यक्रममा विशिष्ठ अतिथि तथा बिर्तामोड नगरपालिका सहकारी अधिकृत दिल्ली दाहाल, संस्थाका पूर्व अध्यक्ष डा. रुपक खनाल, संस्थाका पूर्व पदाधिकारीकातर्फबाट शारदा रिजाल, युवराज दाहाललगायतले शुभकामना मन्तव्य राखेका थिए । स्वागत संस्थाका कोषाध्यक्ष भगीरथ पोद्धारले गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।
संस्थाको बन्दसत्रले नयाँ कार्यसमिति चयन गर्ने जनाइएको छ ।