- गंगा बराल
भद्रपुर ।
झापामा २२ औं अन्तर्राष्ट्रिय कामदार दिव रचनात्मक कार्यक्रमका साथ मनाइएको छ । यस अवसरमा झापाको विर्तामोडमा सरोकारवालाहरुबीच अन्तरक्रिया गएिको छ ।
झापामा सुरक्षित आप्रवासन परियोजना (सामी) सञ्चालन गरिरहेको विराट सामुदायिक अध्ययन केन्द्रको आयोजनामा आज भएको अन्तरक्रिया कार्यक्रममा मुख्य रुपमा खाडी मुलुकहरुमा रोजगारमिा जाने नेपाली युवाहरुले भोग्दै आएका समस्या तथा वैदेशिक रोजगारीमा जानुपूर्व अपनाउनुपर्ने सावधानीहरुका बारे चर्चा गरिएको थियो ।
परियोजना संयोजक फणिन्द्रप्रसाद दाहालले अन्तर्राष्ट्रिय आप्रवासन दिवस बारे जानकारी गराउँदै नेपालमा यो क्षेत्रमा रहेका नकारात्मक र सकारात्मक पक्ष बारे जानकारी गराउँदै यसमा रहेका नकारात्मक पक्षलाई न्यूनिकरण गर्न सुरक्षित आप्रवासन परियोजनाले गर्दै गरेका कार्यबारे जानकारी गराएका थिए भने मेची क्याम्पसका सह–प्राध्यापक विनोद गौतमले नेपालमा वैदेशिक रोजगारीको ऐतिहासिकता, यसका अन्तरनिहीत पक्षको विश्लेषण गर्दै वैदेशिक रोजगारमिा जान चाहनेले सीप तथा वित्तीय साक्षरताको ज्ञान लिुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख तथा थानीयतह परियोजना व्यवस्थापन समितिका संयोजक जीवनकुमार श्रेष्ठले सामी परियोजनाले वैदैशिक रोजगारमा देखिएका विकृति न्युनिकरण गर्न उल्लेख्य भूमिका खेल्दै आएको बताए ।
कार्यक्रममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले जिल्ला प्रशासन कार्यालय र सुरक्षित आप्रवासन परियोजनाबीचको सहकार्य र यसको प्रभावकारीता बारे चर्चा गर्दै टोलटोलसम्म सूचना पुर्याउन आवश्यक रहेको बताए ।
मेचनिगर नगरपालिकाक िउपप्रमुख मीना उप्रेतीसमेतको सहभागिता रहेको कार्यक्रम केन्द्रका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षता र सचिव रुद्र सिटौलाको सञ्चालनमा सम्पन्न भएको थियो ।
सुरक्षित आप्रवासन परियोजना नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारको द्विपक्षीय परियोजना हो । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालय र स्थानीयतहहरूको कार्यान्वयनमा ३९ जिल्लाका १५६ स्थानीय तहमा संचालित यो परियोजना झापाको भद्रपुर, मेचीनगर, दमक नगरपालिका र गौरीगंज गाउँपालिकामा प्रत्यक्ष रूपमा संचालित छ भने विराट सामुदायिक अध्ययन केन्द्रले सहजीकरण गरिरहेको यो परियोजनालाई हेल्भेटास नेपालले प्राविधिक सहयोग गरिरहेको छ ।
यो परियाृेजना सञ्चालन भएपछि झापामा १२७२० जनालाई परामर्श प्रदान गरिएको छ भने ठगीका १२९ घटनाको उजुरी प्राप्त भएको र ७६ जनालाई रकम फिर्ता गराइएको संयोजक दाहालले जानकारी दिए ।