बिर्तामोड । 

‘स्वाच्छ वातावरण, स्वस्थ शरिर’ भन्ने मुल नाराका साथ बिर्तामोडमा झापा साइक्लिङ च्यालेन्ज २०७८ हुने भएको छ ।  नेवाः पासा मुना पुचः बिर्तामोडको आयोजना तथा प्याक एन्ड पाइडल नेपालको ब्यवस्थापनमा  प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता आगामी पौष १० गते हुने आयोजक समितिका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।

प्रतियागिता महिला खुला (सबै उमेर समूह), पुरुष जुनियर (१८ वर्षमुनि), पुरुष एलाइट (१९ देखि ३५ वर्षसम्म) र पुरुष मास्टर्स (३५ वर्षदेखि माथि) गरी चार विधामा प्रतियोगिता हुने श्रेष्ठले बताए ।

२० किलोमिटर लामो हुने साइक्लिङ झापा अर्जुनधाराको सानो संसार हाउजिङबाट सुरु भई सालबारी–शनिश्चरे–जयपुर तल–कालिस्थान–सेतीपानी–सालबारी झिलपूर्व हुँदै चिया बगानबाट पुनः सुरु गरिएको स्थानमा आएर टुंगिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, दोस्रोले ५ हजार र तेस्रो हुनेले नगद ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक समितिको अध्यक्ष दिनेश श्रेष्ठले बताए । प्रतियोगितामा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए । सहभागीले पौष ७ गतेसम्म फराम भरिसक्नु पर्ने र फारम शुल्क २ सय रुपैयाँ रहेको बताइएको छ ।