- रन्जित परियार
बुट्टाबारी ।
दुब्र्यसनीमा फसेकालाई सुधार गर्ने उदेश्यका साथ पार्थाना नेपाल प्रतिष्ठान बिर्तामोड–६ ले बुट्टाबारीमा सुधारकेन्द्रको उद्घाटन गरेको छ । विभिन्न प्रकारका लागू पदार्थ सेवन गरि कुलतमा फसेका ब्यक्तिलाई स्वास्थ्य, शिक्षा, सीप प्रदान गरी असल नागरिक निर्माणका लागि सुधार केन्द्र स्थापना गरिएको हो ।
सरल आर्थिक शुल्कमा सेवा दिने भन्दै दुव्र्यसनीबाट बच्न र युवाहरूलाई सचेत गर्नका लागि सुधार केन्द्र सञ्चालनमा ल्याएको संचालक तथा प्रतिष्ठानका अध्यक्ष धर्मराज गिरीले बताए ।
सुधार गृह छ कठ्ठा जमिनमा करिब दुई करोड माथि लगानी गरी ५० जना क्षमता भएको सुबिधा सम्पन्न आवास, योग हल, फुटसल ग्राउन्ड आदि रहेको बताउदै गिरीले आजै ७ जना भर्ना भएको बताएका छन् ।
कार्यक्रममा युवाहरुलाई सुमार्गमा लाने र स्थानीयतहलाई सचेत बनाउने कार्यले प्रतिष्ठानले समाजमा उदाहरणीय कार्य गरेको भन्दै प्रमुख अतिथि बिर्तामोड ६ का अध्यक्ष सुर्यप्रसाद कन्दङ्वा, अतिथि वडा सदस्य शोभा बिक, पबित्रा कोइराला ढुंगाना, एलबिन्द्र खत्री, समाजसेवी रामकुमार कन्दङ्वा, दाताराम खनाल, आशिष बन, आइतमाया शेर्मा, जगत राई, अर्जुन खवासलगायतले शुभकामना मन्तव्य राखेका थिए । स्वागत उपाध्यक्ष बसन्त राइले गरेको कार्यक्रमको सञ्चालन सचिव जीवन बास्कोटाले गरेका थिए ।