बिर्तामोड । 

रामजानकी कृषि सहकारी संस्था बिर्तामोड–५ झापाले १३ औँ बार्षिक साधारणसभा अन्तरगत  एकाई साधारणसभा सम्पन्न गरेको छ । 

संस्थाले सोमवार बिर्तामोडमा एकाई साधारणसभा गर्दै प्रतिनिधि छनौट समेत गरेको छ । संस्थाको ७ वटै सेवाकेन्दका्र कार्यालयमार्फत सातै वटा एकाईसभा गरेर ३६ जना प्रतिनिधि छनौट समेत गरेको छ । 

संस्थाले सेवा केन्द्रहरु सुरुङ्गा, हल्दिबारी, चकचकी, कामाटोली, शनिश्चरे, चन्द्रगढी र बिर्तामोडमा आज एकैदिन साधारणसभा तथा प्रतिनिधि छनौट गरेको हो । 

संस्थाले अन्तिम प्रमाणित साधारणसभा मंसिर २९ गते विर्तामोडमा गर्ने संस्थाका व्यवस्थापक शुक्रराज भण्डारीले जानकारी दिए ।

ramjanaki2 

आर्थिक बर्ष २०७७/०७८ सम्ममा संस्थामा ६ हजार २ सय ७० जना शेउर सदस्य रहेका छन् भने शेयर पुँजी १ करोड ५७ लाख ९९ हजार ८ सय रुपैयाँ पुर्याउन सफल भएको छ । 

त्यस्तै बचत संकलन .१४ करोड ९१ लाख १५ हजार १५ रुपैयाँ ७१ पैसा, ऋण लगानी .१५ करोड ७६ लाख २६ हजार ४ सय ४८ रुपैयाँ २३ पैसा, करअघिको नाफा २५ लाख ३१ हजार २ सय ९२ रुपैयाँ ०४ पैसा रहेको संस्थाका ब्यवस्थापक शुक्रराज भण्डारीले बताए । 

एकाईगत साधारणसभामा जेष्ठ नागरिक, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋण अशुली कर्ता र अपाङ्गलाई सम्मान गरिएको थियो । 

संस्था नाम परिवर्तन गरी रामजानकी बचत तथा ऋण सहकारी संस्था लि. बनाउने र सोही विषय बमोजिमको विनियम पुनरलेखनसहित अन्य विविध कुराहरुमा एकाईगत साधारणसभामा निर्णय भएको जनाइएको छ ।