शरणामती।

 न्यू पाथीभरा बचत तथा ऋण सहकारी संस्था झापा गाउँपालिका–६ को १४ औं वार्षिक साधारणसभा  सम्पन्न भएको छ। संस्थाका अध्यक्ष हस्तबहादुर बोहोरा(कुमार) को अध्यक्षता तथा झापा जिल्ला सहकारी संघकी उपाध्यक्ष चम्फा खनालको प्रमुख आतिथ्यमा मदरगाछमा साधारणसभा सम्पन्न भएको थियो।

झापा–६ को शरणामतीमा स्थापना भएको पहिलो सहकारीका रुपमा चिनिएको संस्थामा आर्थिक वर्ष २०७७र०७८ सम्ममा ७२० जना महिला,८७९ जना पुरुष र ५४ जना संस्थागत सेयर सदस्य सहित जम्मा १६५३ जना सदस्य तथा ८९ लाख ५ हजार  नौ सय रुपैयाँ शेयर पुँजी रहेको अध्यक्ष बोहोराद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ।

संस्थाको बचत संकलन ६ करोड ४५ लाख ६५ हजार १५ रुपैयाँ, कर्जा लगानी ५ करोड ८० लाख ८ हजार सात सय दुई, जगेडा कोष ३४ लाख ९१ हजार २ सय ११ रुपैयाँ रहेको संस्थाको  खुद नाफा १८ लाख ९७ हजार पाँच सय ६३ रुपैयाँ रहेको अध्यक्ष बोहोराको प्रतिवेदनमा छ।

कार्यक्रममा प्रमुख अतिथि खनाल, झापा–७ का वडाध्यक्ष नेत्रप्रसाद उप्रेती, झापा –६ का वडाध्यक्ष हरिबहादुर बानियाँ, रुद्र बजगाईं, गजेन्द्र ताम्ली, उपेन्द्र ओली, कमल खनाल, सखिचन्द्र ठाकुर, बालकृष्ण सिटौला लगायतले शुभकामना मन्तव्य राखेका थिए। संस्थाका उपाध्यक्ष महेन्द्र प्रसाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव भविन्द्र भण्डारीले गरेका थिए।