इलाम । 

इलामको माईजोगमाई गाउँपालिकामा जारी माईजोगमाई अध्यक्ष कप फुटबलको उपाधिको लागि माई नगरपालिका सुखानी र पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लब भारत बिच प्रतिस्पर्धा हुने छ ।

आज (शुक्रवार) भएको सेमीफाइनलको खेलमा बिजयी बन्दै सुखानी र मानेभञ्ज्याङ उपाधि होडमा प्रवेश गरेका हुन् । सेमीफाइनल खेलमा सुखानीले रेडहर्स फुटबल क्लब इलाम र मानेभञ्ज्याङले आयोजक माईजोगमाई रातोलाई समान २–० गोल अन्तरले पराजित गरेको थियो । 

खेलको म्यान अफ दि म्याच सुराग घोषित भए । माईजोगमाई गाउँपालिका–१ नयाँबजारको बालागुरु खेलमैदानमा संचालनमा रहेको प्रतियोगितामा नेपाल र भारतका ८ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेताले २ लाख र उपविजेताले १ लाख रुपैया प्राप्त गर्नेछ । विधागत रुपमा समेत खेलाडीहरुले पुरस्कार पाउने छन् । 

माईजोगमाई गाउँपालिकाको आर्थिक सहयोगमा माईजोगमाई खेलकुद परिषदले गत मंसिर २१ गतेबाट प्रतियोगिताको आयोजना गरेको हो ।