बिर्तामोड । 

झापाको बिर्तामोड–४ स्थित विजुली अफिस अगाडि २ करोडबढिको लगानीमा जयन्ती लाइट हाउस सञ्चालनमा आएको छ । 

झापाको बिर्तामोडका निलम अग्रवाल र विवेक अग्रवालले शुक्रवारदेखि लाइट हाउस सञ्चालनमा ल्याएका हुन् । लाइट हाउसको उद्घाटन २०४६ सालदेखि झापास्थित बिर्तामोडमा इलेक्ट्रोनिक्स सामाग्री बिक्री पसल सञ्चालन गर्दै आएका तथा सञ्चालक विवेकका पिता दिपचन्द अग्रवालले गरेका हुन् । 

लाइट हाउसमा रेष्टुरेन्ट, होटल, औधोगिक क्षेत्र तथा सडकमा लगाइने विजुलीका सामाग्री, एलइडी लाइट उपलब्ध रहेको सञ्चालक विवेकले बताए ।

त्यस्तै उक्त लाइट हाउसमा १० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्मका झुमर उपलब्ध रहेको बताउँदै विवेकले अर्डरका आधारमा १०÷१२ लाख रुपैयाँसम्मका झुमरसमेत दिन सकिने बताएका छन् । लाइट हाउसमा विजुलीका वाइरिङका सामाग्री ब्राण्डेडसहित सम्पूर्ण विजुलीका सामाग्री उपलब्ध रहेको विवेकले बताएका छन् । 

हाल ५ जना कर्मचारी रहेको लाइट हाउसमा आवश्यकताका आधारमा क्रमश वढाइने उनले बताए । २०४६ सालदेखि पिता दिपचन्दले गर्दै आएको पेशालाई नै आफुले निरन्तरता दिएको बताएका छन् ।   

भिडियो पनि