बिर्तामोड ।
झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले नवौं बार्षिक साधारणसभाको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ ।
झापा, इलाम र मोरङ जिल्ला कार्यक्षेत्र रहेको संस्थाले बिर्तामोडमा बिहीवार संस्थाको गतिविधि प्रस्तुत गर्दै प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो । संस्थाका अध्यक्ष भवानीप्रसाद दंगाल, सल्लाहकार संयोजक भगीरथ आलेलगायतले प्रगति प्रतिवेदन सार्वजनिक गरेका थिए ।
आर्थिक बर्ष २०७७÷०७८ असार मसान्तसम्ममा १६ हजार ३ सय ७२ जना शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी १२ करोड ५२ लाख २९ हजार ७ सय रुपैयाँ रहेको छ । त्यस्तै बचत निक्षेप हिसाव ७२ करोड ५० लाख ८ हजार ९ सय ३१ रुपैयाँ, कोष हिसाव ४ करोड ३ लाख ८३ हजार ५ सय ९७ रुपैयाँ, लगानीमा रहेको रकम १ अर्व २७ करोड ४० लाख ७० हजार ५ सय ३३ रुपैयाँ, संस्थाको आवद्धता र लगानी ५२ लाख ९७ हजार ६ सय रुपैयाँ, कर्जा लिएको हिसाव ५८ करोड २१ लाख ८६ हजार २ सय ८९ रुपैयाँ जम्मा आम्दानी १७ करोड ५५ लाख ४५ हजार ६ सय ७ रुपैयाँ, जम्मा खर्च १६ करोड ७३ लाख २३ हजार ३ सय ३० रुपैया र नाफा ८२ लाख २२ हजार २ सय ७७ रुपैयाँ ३४ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी कूल कारोवार वासलात १ अर्व ५० करोड ८२ लाख ५१ हजार ३ सय ८१ रुपैयाँ रहेको प्रतिवेदनमा छ ।
संस्थाले शुक्रबार (भोली) देखि एकाईगत साधारणसभा २० वटा सेवाकेन्द्रलाई १२ वटा एकाईगत साधारणसभा गरेर प्रतिनिधि ३६ जना प्रतिनिधि छनौट र थप एकसय प्रतिनिधि छनौट गरेर मंसिर २९ गते प्रमाणित साधारणसभा गर्ने तयारी गरेको अध्यक्ष भवानीप्रसाद दंगालले जानकारी दिए । संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यक्रम गरेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले चालु आर्थिक बर्षमा गरेको प्रगति विवरण संस्थाका व्यवस्थापक सरोज दाहालले प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन सचिव विश्वेश्वरप्रसाद लामिछानेले गरेका थिए ।
भिडियो पनि