इलाम ।
इलामको माईजोगमाई गाउँपालिकामा जारी माईजोगमाई अध्यक्षकपको सेमीफाइनल समिकरण पुरा भएको छ । बालागुरु खेलमैदानमा जारी प्रतियोगिताको आज (विहिबार) क्वाटरफाइनलका २ खेल सम्पन्न भएसँगै सेमीफाइनल भिड्ने टिम पक्का भएको हो ।
पहिलो सेमीफाइनल खेलमा माई नगरपालिका र रेडहर्स इलाम तथा दोश्रो सेमीफाइनल खेलमा माईजोगमाई रातो र पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लब भारतबिच प्रतिस्पर्धा हुनेछ । सेमीफाइनलका खेलहरु शुक्रबार हुनेछ ।
आजको पहिलो खेलमा रेडहर्सले राँके स्र्पोटिङ क्लब पाँचथरलाई सडनडेथमा हराउँदै सेमीफाइनलमा स्थान बनाउन सफल रहयो । खेलको म्यान अफ दि म्याच रेडहर्सका नितेष गुरुङले पाए ।
४ मिनेट नवित्दै चिरन राईले गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको अन्तिम मिनेटमा सर्जन राईले गोल गरेपछि २–१ गोल अन्तरको जित निकाल्दै घरेलु टोली सेमीफाइनल प्रवेश गरेको हो । माईजोगमाईका सर्जन राई म्यान अफ दि म्याच घोषित भए ।