हल्दिबारी । 

झापाको हल्दिबारीको सरस्वती आधारभूत बिद्यालयले  वडा कार्यालयबाट प्राप्त शैक्षिक सामाग्रीहरू वितरण गरेको छ । वडा कार्यालयले प्रदान गरेको कक्षा नसंरीदेखि ५  सम्मका बिद्यार्थीलाई शिक्षक र अभिभावकहरूको उपस्थितिमा शैक्षिक सामग्री वितरण गरिएको हो ।

 बिद्यालयमा कक्षा ४ र ५ मा अध्ययनरत प्रति विद्यार्थी ८ थान कापी, १ दर्जन पेन्सिल, १ प्याकेज ईरेजर÷साप्नर  र १ थान ज्यामिति बक्स वितरण गरिएको हो। 

त्यस्तै नर्सरी कक्षादेखि  ३ कक्षासम्म बिद्यार्थीलाई ६ थान कापी, १ प्याकेट पेन्सिल, १ प्याकेट ईरेजर÷पेन्सिल कटर र १ प्याकेट कलर पेन्सिल वितरण गरिएको हो ।  

 विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा हल्दिबारी वडा नं.२ का वडा सदस्य खगेन राजवंशीको अध्यक्षता भएको कार्यक्रममा औचित्य माथि प्रकाश तथा स्वागत  प्रधानाध्यापक गोबिन्द बोहोराले गरेको थिए । वडा नं. २ का सदस्य खकेन राजवंशीले शैक्षिक गुणस्तर सुधारका लागि सहयोग पुग्ने हेतुले शैक्षिक सामाग्रीको वडाबाट व्यवस्थापन गरिएको बताए । उनले छिट्टै विद्यार्थीहरुलाई स्कुल व्याग र विद्यालय पोशाकको समेत व्यवस्थापन गरिने जानकारी गराएका छन् ।

कार्यक्रम सञ्चालन  शिक्षिका सर्मिष्टा नेपालले गरेकी थिइन् । सोही अवसरमा नव नियुक्ति भएका शिक्षिका पार्वता गौतम, बिनिता भट्टराई र उमा खत्रिलाई स्वागत गरिएको थियो । कार्यक्रमको भेलाले चानो राजवंशीको अध्यक्षतामा ११ सदस्यीय आमा समूहकोसमेत सर्वसम्मत चयन गरिएको खकेन राजवंशीले जानकारी दिए ।