जलथल ।
झापाको हल्दिबारी गाउँपालिका वडा नं.३ को वडा कार्यालयले पशुको उपचार, ए.आई.,बन्ध्याकरण, गोवर परिक्षण गर्नुका साथै आवश्यक औषधी निःशुल्क वितरण गर्न थालेको छ ।
प्रत्येक आईतबार र बुधबार औषधी वितरण गरिने तथा सोमबार र शुक्रबार बन्ध्याकरण गरिने वडा कार्यालयले जनाएको छ।
वडा कार्यालयका तथा पशु प्राविधिक प्रफुल मण्डल र शारदा वनसँग सम्पर्क गरी पशु सेवा लिन सकिने भएको छ। पशु उपचार र गर्भधारण प्रक्रिया (ए.आई.) पशु सम्बन्धि परामर्श लिन आईतबारदेखि शुक्रबार कार्यालय समयमा सम्पर्क गर्न सकिने वडा नं. ३ का वडा सचिव तथा सूचना अधिकारी राजन खतिवडाले जानकारी दिए । गाउँपालिकाबाट प्राप्त पशु औषधी वितरण गर्न लागिएको उनले बताए ।