झापा । 

 झापा मेचीनगरपालिका वडा नं. ६ स्थित मेचीपुलबाट लागूऔषध अफिमसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । 

 ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउदै गरेका उनीहरुलाई लागूऔषधसहित पक्राउ गरेको हो । 

प्रहरीलाई शंका लागेर चेकजाँच गर्ने क्रममा भारत प्रदेश पंजाब जिल्ला फ्रोजपुर घर बताउने बर्ष २५ का केयर सिंह र भारत प्रदेश पंजाब जिल्ला मौगा घर बताउने बर्ष २५ का सुखजित सिंहलाई प्लाष्टिकको खैनी राख्ने बट्टा भित्र लुकाई छिपाई ल्याउदै गरेको प्रतिबन्धीत लागु औषध अफिम जस्तो देखिने पदार्थ ११ ग्राम सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।