गरामनी । 

झापाको बिर्तामोडमामुख्य कार्यालय रहेको सिम्रीक बचत तथा ऋण सहकारी संस्थाले गरामनी सेवा केन्द्रमा ११ औं बार्षिक साधारणसभाका लागि प्रतिनिधि छनौट गरेको छ ।

सेवा केन्द्रले शनिवार गरामनीमा मंसिर २५ गते हुने मुख्य साधारणसभाका लागि तयार पारेको संस्थाको प्रगति प्रतिवेदनसमेत प्रस्तुत गरेको थियो । 

कार्यक्रममा वडा सदस्य दिपक भट्टराई, कृष्ण काफ्ले, मीन अधिकारी  रणबहादुर मगर लगायतले शुभकामना मन्तब्य राखेका थिए ।