- राजु बराल
चन्द्रगढी ।
झापाको भद्रपुर जेसिजले भद्रपुर १० स्थित ढेना बस्तीलाई जेसिज गाउँ घोषणा गरेको छ । जेसिज सप्ताह २०२१ का अवसरमा शनिबार आयोजित कार्यक्रममा घोषणा गरिएको हो ।
मुख्यतया सन्थाल सम्प्रदायका ३२ घरपरिवार रहेको सो गाउँको चौतर्फी बिकास गरी आगामी १० बर्स भित्रमा नमुना गाउँको रुपमा बिकास गरिने भद्रपुर जेसिजका अध्यक्ष खिलानाथ पाण्डे बताएका छन् ।
उक्त अवसरमा ढेना बस्तीका दुई दर्जन भन्दाबढी बिद्यार्थीलाई शैक्षिक सामग्री तथा न्यानो कपडासमेत बितरण गरिएको थियो ।
भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, भद्रपुर जेसिजका पूर्व अध्यक्ष लोकनाथ भट्टराई, चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष दुर्गाप्रसाद भट्टराई, वडा नं.१० का वडा अध्यक्ष टेकबहादुर खडका, नेपाल रेडक्रस सोसाइटी भद्रपुर सभापति गोपाल गिरी र नेकपा माओबादी केन्द्रका नगर अध्यक्ष शिवकुमार राजभण्डारीले शुभकामना मन्तब्य राखेका थिए ।
भद्रपुर जेसिजका अध्यक्ष खिलानाथ पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत एकराज भट्टराई र सञ्चालन मनोज भट्टराइले गरेका थिए ।