बिर्तामोड । 

साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–१ ले ११ औं बार्षिक साधारणसभा शनिवार बिर्तामोडमा सम्पन्न गरेको छ । 

संस्थाकी अध्यक्ष देवी निरौला बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका उपप्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यत रहेको थियो । 

स्वागत संस्थाका उपाध्यक्ष रालोचन न्यौपानेले गरेको कार्यक्रममा प्रमुख अतिथि प्रसाई, कनकाई सेवा केन्द्र प्रमुख राजेन्द्र उप्रेती, संस्थाका पूर्व अध्यक्ष खड्गप्रसाद ओडारी, बिर्तामोड नगर सहकारीस् अधिकृत डिल्ली दाहाललगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव चन्द्रकुमार भट्टराईले गरेका थिए । कार्यक्रममा उत्कृष्ट बचतकर्ता प्रभु शाह, मेनुका पोखरेल र सुधा अटल, उत्कृष्ट ऋणि रेवती दर्जी, दुर्गा थपलिया, दुर्गा चापागाई, उत्कृष्ट कर्मचारी मुना गुरागाई, गीता शर्मा ढुङ्गाना, उत्कृष्ट खुत्रुके बचतकर्ता यमुना बस्नेत, आरुसी खतिवडालाई सम्मान गरिएको थियो । त्यस्तै सञ्चालक समिति सदस्य मोहनप्रसाद भट्टराईद्धारा स्थापित विप्लप रामचन्द्र स्मृति पुरस्कारबाट एसइइमा उत्कृष्ट नतिजा ल्याउने अदिति बस्नेत र सुमित अधिकारी त्यस्तै स्नातकतर्फ भुवन अधिकारीलाई पुरस्कृत गरिएको थियो । 

आर्थिक बर्ष २०७७÷०७८ सम्ममा ३ हजार ५ सय ५३ जना सदस्य रहेको संस्थाको शेयरपुँजी ६ करोड १५ लाख ३७ हजार ७ सय रुपैयाँ पुर्याएको अध्यक्ष बस्नेतद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । 

संस्थाको कुल कर्जा लगानी २४ करोड ५७ लाख ९९ हजार ६ सय २६ रुपैयाँ, निक्षेप संकलन १८ करोड ७६ लाख ७७ हजार ६६ रुपैयाँ, नगद तथा बैंक २ करोड ८७ लाख ६८ हजार ५ सय ३७ रुपैयाँ ६२ पैसा, कोष्को अवस्था १ करोड ५७ लाख ३० हजार ९ सय ६२ रुपैयाँ १५ पैसा, कारोाबारको अवस्था २८ करोड २३ लाख ४५ हजार ६ सय ७३ रुपैयाँ २ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ ।