बिर्तामोड । 

गरामनी कृषि सहकारी संस्था बिर्तामोड–३ बिर्ताबजारले १४ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले शनिवार बिर्तावजारमा साधारणसभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष ताराप्रसाद चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ झापा सह–सचिव कृष्णप्रसाद मिश्रको प्रमुख आतिथ्यता रहेको थियो । 

स्वागत संस्थाका लेखा समिति संयोजक पदमप्रसाद बास्कोटाले गरेको कार्यक्रमको सञ्चालन सचिव गौपाल सिटौलाले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि मिश्र, सुनकोशी सहकारीका आनन्द राई, सम्पन्न सहकारीका पूर्व अध्यक्ष राधाकृष्ण अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रममा उत्कृष्ट कर्मचारीका रुपमा लेखापाल मनिता घिमिरे, उत्कृष्ट बचतकर्ता सन्तुमाया राई र उत्कृष्ट ऋणिका रुपमा धनबहादुर गुरुङ्लाई सम्मान गरिएको थियो । उनीहरुलाई प्रमुख अतिथि, अध्यक्षले नगदसहित सम्मानपत्रले सम्मान गरिएको थियो । 

garamani2

आर्थिक बर्ष २०७७/०७८ सम्ममा २ हजार ९१ जना शेयर सदस्य रहेको संस्थाको शेयरपँुजी १ करोड ५५ लाख १६ हजार एकसय रुपैयाँ रहेको संस्थाका अध्यक्ष चापागाईले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । संस्थाको कोष हिसाव २५ लाख २९ हजार ६ सय ४५ रुपैयाँ ८ पैसा, बचत/निक्षेप हिसाव २ करोड ३० लाख ९८ हजार ३ सय ६९ रुपैयाँ ८९ पैसा, लगानीमा रहेको ऋण ५ करोड ४० लाख २२ हजार ३ सय १ रुपैयाँ रहेको प्रतिवेदनमा छ । त्यस्तै संस्थाले ३ लाख १० हजार ८ सय ८५ रुपैयाँ ६९ पैसा संस्थाले नाफा गर्न सफल भएको प्रतिवेदनमा छ । 

भिडियो पनि