बिर्तामोड ।
धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाले चौधौ बार्षिक साधारणसभा अन्तरगत बिर्तामोडमा एकाईगत साधारणसभा गरेको छ । संस्थाले शुक्रवार बिर्तामोडमा एकाईगत साधारणसभाबाट मंसिर २५ गते हुने साधारणसभाका लागि प्रतिनिधि छनौट गरेको हो ।
संस्थाका सञ्चालक सदस्य सुमन खनालको अध्यक्षतामा भएको एकाईगत साधारणसभामा संस्था अध्यक्ष कृष्ण पौडेलको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा स्वागत तथा प्रतिवेदन वाचन संस्थाका सञ्चालक समिति सदस्य सुशिल दाहालले गरेको कार्यक्रममा प्रमुख अतिथि पौडेल, माँ सहकारीका उपाध्यक्ष देवेन्द्र सिंहलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन व्यवस्थापक राजेश दाहालले गरेको कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य गौरीशंकर झा, युवराज काफ्ले ऋण उपसमितिका सदस्य दीपेन्द्र पौडेल, पसल व्यवस्थापन समितिका सदस्य हेमन्त पौडेललेलगायतको उपस्थिति रहेको थियो ।
आर्थिक बर्ष २०७७/०७८ सम्ममा ७ हजार ६ सय ९९ शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी ४ करोड २८ लाख ६० हजार २ सय रुपैयाँ पुर्याउन सफल भएको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै निक्षेप प्राप्ती र भुक्तानी २० करोड ४७ लाख ५४ हजार ८ सय ५९ रुपैया, कोष १ करोड ६३ लाख ८२ हजार ४ सय ९९ रुपैयाँ ६४ पैसा, बाह्य ऋण १५ करोड ६ लाख ९७ हजार ६४ रुपैयाँ, ऋण लगानी ३१ करोड १२ लाख १६ हजार ७ सय ३० रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा प्रतिवेदन वाचन संस्थाका सञ्चालक समिति सदस्य सुशिल दाहालले गरेका थिए ।
भिडियो पनि