बिर्तामोड ।

झापाको बिर्तामोड नगरपालिका– ५ को सुनगाभा इङ्लिस स्कुलले बिद्यार्थीलाई कुट्ने शिक्षकलाई जागिरबाट निस्काशन गरेको छ । 

विद्यालयका शिक्षक विकास पोखरेलले कक्षा ३ मा अध्ययनरत ९ वर्षीय विद्यार्थी अविरल तिम्सिनालाई बुधवार गृहकार्य नगरेको भन्दै कक्षा कोठामा निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट बालक तिम्सिनाको तिघ्रामा सुम्लो समेत बसेको छ । सोही विषयलाई लिएर बिद्यालय प्रशासनले शिक्षक पोखरेललाई जागिरबाट निस्काशन गरेको जनाएको छ । 

घटना पश्चात बिद्यालयले बालकका अभिभावक आफन्त, स्थानीय, जनप्रतिनिधि, प्रहरीसँगको छलफल पश्चात भएको निर्णयका आधारमा शिक्षक पोखरेललाई बिद्यालयबाट हटाइएको प्रधानाध्यापक मिलन श्रेष्ठले बताए । उनले घटना पश्चात भएको छलफलबाट दुईपक्षविच सहमति भएपनि केहि सञ्चार माध्यममा सहमतिको कुरा नसमेटिएको बताए । बिद्यालयमा घटेको उक्त घटना स्वीकार गर्दै प्रधानाध्यापक श्रेष्ठले अव उप्रान्त बिद्यालयमा यस्ता घटना नदोहोरिने प्रतिवद्धता समेत ब्यक्त गरे । कुटपिटबाट घाइते भएका बालक तिम्सिनाको स्वास्थ्य परिक्षण बिद्यालयले गरेको समेत उनले बताए ।  

अविरलकी आमा अञ्जना तिम्सिनाले कसैले आफ्ना छोराछोरीलाई क्ट्दा सहन नसकीने बताउँदै बिद्यालयले छोराको उपचार गर्ने, शिक्षकलाई निस्काशन गर्नेलगायतका निर्णय भएको बताइन् । ‘आजसम्म बिद्यालयमा त्यस्तो भएको थिएन’ तिम्सिनाले भनिन् ‘बिद्यालयप्रति मेरो कुनै गुनासो छैन ।’ उनले अहिले छोरो उक्त बिद्यालयमा अध्ययनरत रहेको बताइन् ।  

बिद्यालय, अभिभावक, स्थानीय, प्रहरी, जनप्रतिनिधिहरुविच विहिबार भएको छलफलमा कुटपिटमा संलग्न शिक्षकलाई निस्काशन साथै गलत कार्य गरेको भन्दै प्याब्सनमा रिपोर्ट गर्ने, पीडित बालकको उपचारको प्रक्रिया अगाडि वढाउनेलगायतका सहमति भएको थियो । 

n1

n2