कमल ।
कमल गाउँपालिका प्रथम उपाध्यक्ष कपको उपाधि झापा गाउँपालिकाले चुमेको छ । फाइनल खेलमा बाह्रदशी गाउँपालिकालाई पराजित गर्दै झापाले उपाधि उचालेको हो ।
बाह्रदशी गाउँपालिकासँगको खेलमा झापा गाउँपालिकाले २५–१६, १७–२५, २२–२५ र २०–२५ को सेटमा पराजित गर्दै उपाध्यक्ष कपको उपाधि आफ्नो कब्जामा पारेको थियो ।
उपाधिसँगै विजेता टोलि झापाले नगद १ लाख १ हजार सहित ट्रफि, मेडल प्रमाण पत्र प्राप्त गरेका छन् भने उपविजेता बनेको बाह्रदशीले नगद ५१ हजार रुपैया सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनु परेको थियो । प्रतियोगिताको सवोत्कृष्ट खेलाडी झापा गाउँपालिकाका रोहित सिवाकोटीले प्राप्त गरेका थिए ।
प्रतियोगितामा बाह्रदशी गाउँपालिकाले कन्काई नगरपालिकालाई २५–२२, २२–२५, २५–१७ र २५–१९ को सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो भने झापा गाउँपालिकाले भद्रपुर नगरपालिकालाई २५–२१, २५–२० र २५–२२ को सोझो सेटमा पाखा लगाउँदै फाइनल प्रवेश गरेको थियो ।
कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको अन्तर पालिका झापा जिल्ला स्तरीय भलिबल खेल प्रतियोगितामा प्रदेश नं.१ का एम्पायर रोशन दाहाल, मेचीनगरका संजय अधिकारी, सुनसरीका प्रकाश चौधरी, प्रज्वल धिमाल, अविनाश धिमाल र असिम राईले एम्पायरको भुमिका निर्वाह गरेका थिए ।
प्रतियोगितामा बाह्रदशी गाउँपालिका, कमल गाउँपालिका, शिवसताक्षी नगरपालिका, कन्काई नगरपालिका, दमक नगरपालिका, गौरादह नगरपालिका, भद्रपुर नगरपालिका, झापा गाउँपालिका, बुद्धशान्ति गाउँपालिका र विर्तामोड नगरपालिकाको सहभागिता रहेको थियो ।