झापा ।
नव सृजना प्राथमिक बिद्यालयले मंगलबार (आज) वडा कार्यालयबाट प्राप्त शैक्षिक सामाग्रीहरू वितरण गरेको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोपालकुमार मैनालीको अध्यक्षता तथा हल्दिबारी–२ का वडा वडाध्यक्ष राजेन्द्र योङहाङको प्रमुख आतिथ्यमा शैक्षिक सामग्री विद्यार्थीलाई वितरण गरेको हो ।
कक्षा ४/५ लाईप्रति विद्यार्थी ८ थान कापी, १ दर्जन पेन्सिल, १ प्याकेज ईरेजर/साप्नर र १ थान ज्यामिति बक्स वितरण गरिएको थियो । त्यस्तै नर्सरी कक्षादेखि ३ कक्षासम्म बिद्यार्थीलाई ६ थान कापी, १ प्याकेट पेन्सिल, १ प्याकेट ईरेजर/पेन्सिल कटर र १ प्याकेट कलर पेन्सिल वितरण गरिएको हो ।
त्यसैगरी सोही भेलाले ज्ञानु श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय आमा समूहको समेत सर्वसम्मत चयन गरेको छ । कार्यक्रमको औचित्य माथि प्रकाश प्रधानाध्यापक भीम दाहाल पारेका थिए । प्रमुख अतिथि हल्दिबारी २ का वडाध्यक्ष योङहाङले शैक्षिक गुणस्तर सुधारका लागि सहयोग पुग्ने हेतुले शैक्षिक सामाग्रीको वडाबाट व्यवस्थापन गरिएको बताए । उनले छिट्टै विद्यार्थीहरुलाई स्कुल व्याग र विद्यालय पोशाकको समेत व्यवस्थापन गरिने जानकारी गराएका थिए ।
स्वागत शिक्षक कृष्णमाया प्रसाईले गरेको कार्यक्रमको सञ्चालन शिक्षक बुद्धिप्रसाद नेपालले गरेका थिए ।