बिर्तामोड ।

सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–४ ले ११ औं वार्षिक साधारणसभा सेवाकेन्द्रगत रुपमा सुरु गरेको छ ।  सेवाकेन्द्रगत रुपमा साधारण सभा शुरु गरिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए । 

  संस्थाले मंसीर १४ गतेदेखि १९ गतेसम्म सेवाकेन्द्रगत रुपमा साधारण सभा गरी अन्य संस्थाका विविध कार्यबारे छलफल तथा अनुमोदन गरी एकीकृत निर्णय प्रमाणितका लागि आगामी मंसीर २५ गते माइन्युट प्रमाणित साधारणसभा गरिने बताइएको छ ।  

मंगलबार मेचीनगर, भृकुटी, धुलाबारी , दुहागढी, बुधबारे र बिर्तामोड सेवाकेन्द्रमा साधारणसभा गरिएको छ । 

संस्थाका कोषाध्यक्ष मेहरमान विष्टको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका सहकारी तथा सामाजिक विकास अधिकृत डिल्ली दाहालको प्रमुख आतिथ्यमा बिर्तामोड सेवाकेन्द्रको साधारण सभामा बिर्तामोड सेवाकेन्द्र प्रमुख रमेश खनालले स्वागत गरेका थिए ।