भोजपुर । 

भोजपुर साल्पासिलिछो गाँउपालिका ६ ढाडेगाँउका ६७ बर्षिय खड्गबहादुर राईको भिरबाट लडेर मृत्यु भएको छ ।

हिजो भकिम्लो टिप्न गएको राई घर नफर्कीदा आज बिहान ७ बजे आफन्तहरुले खोजतलास गर्ने क्रममा छुम्लुङ खोलामा मृत अवस्थामा फेला परेका हुन् ।

घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।