बुधवारे । 

धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोड–४ ले १४ औ बार्षिक साधारणसभा अन्तरगत बुधवारे सेवा केन्द्रमा प्रतिनिधि छनौट गरेको छ । 

संस्थाले आइतवार बुधवारे सेवा केन्द्रमा प्रतिवेदन सार्वजनिक तथा प्रतिनिधि छनौट गरेको हो ।  कार्यक्रममा संस्थाको बार्षिक प्रतिवेदन सञ्चालक समिति सदस्य सुशिल दाहालले प्रस्तुत गरेका थिए । 

उनले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७७÷०७८ सम्ममा ७ हजार ६ सय ९९ शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी ४ करोड २८ लाख ६० हजार २ सय रुपैयाँ छ । 

संस्थाले आव २०७७÷०७८ सम्ममा निक्षेप प्राप्ती र भुक्तानी २० करोड ४७ लाख ५४ हजार ८ सय ५९ रुपैया, कोष १ करोड ६३ लाख ८२ हजार ४ सय ९९ रुपैयाँ ६४ पैसा, बाह्य ऋण १५ करोड ६ लाख ९७ हजार ६४ रुपैयाँ, ऋण लगानी ३१ करोड १२ लाख १६ हजार ७ सय ३० रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।  

बुधवारे सेवा केन्द्रका उपसमिति संयोजक पुष्प भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सेवाकेन्द्र प्रमुख गायत्री भट्टराईले गरेको थिए । कार्यक्रमको सञ्चालन संस्थाका ब्यवस्थापक राजेश दाहालले गरेका थिए । संस्थाको बार्षिक साधारणसभा मंसिर २५ गते बिर्तामोडमा हुँदैछ ।