बिर्तामोड । 

झापाको विरिङ पुलमा आइतवार सवारी दुर्घना हुँदा बसमा  सवार यात्रुहरु घाइते भएका छन् ।  पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. २ ख ५०८१ नम्बर गोबिन्द डिल्लक्स यात्रु वाहक बस दुर्घटना भएको हो ।

दुर्घटनामा बसमा सवार यात्रुहरु घाइते भएको र उनीहरुलाई अस्पताल लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनाका कारण सडक जाम भएको छ । दुर्घनाको पूर्ण विवरण भने आउन बाकि रहेको प्रहरीले जनाएको छ ।  वस पुलमा झुडिएको अवस्थामा रहेको छ ।