मोरङ । 

मोरङ बिराटनगर महानगरपालिका– १३ नहरबाट लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सुनसरी धरान उप–महानगर पालिका १५ का २६ बर्षीय मनोज पोखरेल र २८ बर्षीय कपिल गिरी रहेका छन् ।

जतुवाको प्रहरी टोलीले उनीहरुको साथबाट लुपिजेसिक १२ एम्पुल, डाईजाल्याब १२ एम्पुल, एभिल ६ सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीले  थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।