• शर्मिला पुरी 

इटहरी ।  

पेशागत महासंघ नेपालको प्रदेश स्तरीय विस्तारित भेला तथा प्रशिक्षण कार्यक्रम शनिवार इटहरीमा सम्पन्न भएको छ । 

प्रशिक्षण कार्यक्रममा ट्रेड युनियन सम्बन्धि कानुन, अधिकार, हकहितका बिषयमा चर्चा भएको थियो । महासंघका प्रदेश नं. १ अध्यक्ष हिक्मत बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष रेखा खतिवडाले गरेकी थिइन् ।

कार्यक्रममा नेकपा एकीकृत (समाजबादी) पार्टीका उपाध्यक्ष घनेन्द्र बस्नेत, पार्टीका प्रवत्ता तथा उपमहासचिव जगनाथ खतिवडा, महासंघका केन्द्रीय उपाध्यक्ष प्रेमलकुमार खनाल, पार्टीका प्रदेश नं.१ प्रमुख महेश रेग्मी, महासंघका प्रदेश नं. १ इन्चार्ज तथा अधिबत्ता शंकर सुवेदीलगायतले प्रशिक्षण दिएका थिए । 

सञ्चालन महासंघ प्रदेश नं. १ सचिव उमेश मास्केले गरेको कार्यक्रममा डाक्टर, सहकारीकर्मी, शिक्षक, निजामति कर्मचारीलगायत एकसय ५० बढीको सहभागीता रहेको सुनसरी पेशागत महासंघ सदस्य अशेषकुमार लम्सालले जानकारी दिए ।